सोमबार, जेठ २, २०७९
गृहपृष्ठस्वास्थ्य/शिक्षामेलम्ची नगर अस्पतालको उद्घाटन : ट्रमा सेन्टर र प्रसुती सेवाको लागि अन्तजान नपर्ने

मेलम्ची नगर अस्पतालको उद्घाटन : ट्रमा सेन्टर र प्रसुती सेवाको लागि अन्तजान नपर्ने


मेलम्ची- मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगर अस्पतालमा स्तरोन्नती गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आज थप सेवा सुविधा सहितको मेलम्ची नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री लामाले नगर अस्पताललाई प्रादेशीक अस्तपतालको रुपमा विकास गर्न आफुुले पहलगर्ने बताउनुभयो ।

उहाँले यस अस्पतालमा मेलम्चीका मात्र नभएर अन्य पालिकाका नागरिकले पनि सेवा लिने गरेको उल्लेख गर्दै प्रादेशीक अस्पतालको लागि योग्य भएको बताउनुभयो । उहाँले यस क्षेत्रको नागरिकको लागि स्वास्थ्यमा थप पहुँच पुर्याउनका लागि नगरले गरेको कार्यको समेत प्रशंसा गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले प्राथमिक अस्पताल बाट नगरअस्पतालमा स्तरोन्नती गर्न पाएकोमा खुशि ब्यक्त गर्दै अपुग स्रोत र साधनलाई सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहलका लागि समेत आग्रह गर्नुभयो l

कार्यक्रममा अर्यालले सल्याक्रिया सहितको प्रसुती सेवा, ट्रमा सेन्टर फार्मेसी तथा अन्य सेवाको लागि अब अन्यत्र जान नपर्ने भन्दै यस भेगका नागरिकको लागि सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख भगवती नेपाल , मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा स्तोन्नती भएपछि सेवा सुविधामा थप सहज हुने विस्वास ब्यक्त गर्नुभयो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!