सोमबार, जेठ २, २०७९
गृहपृष्ठस्वास्थ्य/शिक्षाओमिक्रोन भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

ओमिक्रोन भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – सरकारले ओमिक्रोन भेरियन्टबाट सतर्क रहन आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर दक्षिण अफ्रिकाबाट बढ्दो संक्रमण भारत हुँदै नेपाल भित्रिने जोखिम बढेकाले सतर्क रहन आग्रह गरेको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले ओमिक्रोन भेरियन्टबाट सतर्क रहन स्थानीय तह, स्वास्थ्य कार्यालय र निर्देशनालयलाई समेत आवश्यक कदम चाल्न आग्रह गरिएको जनाएको छ ।

विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गर्न र आवश्यक सावधानी अपनाएर मात्रै बाहिर निष्कन पनि आग्रह गरेको छ ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!