आईतबार, माघ ९, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासुस्त श्रवण भएका ब्यक्तिहरु सँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सुस्त श्रवण भएका ब्यक्तिहरु सँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न


मेलम्ची  l सुस्त श्रवण भएका तथा अपांगता भएका ब्यक्तिहरुसँग आज मेलम्ची नगरपालिकाले एकदिने अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सहभागिहरुलाई आफुलाई अनुकुल हुने माग लिएर नगरपालिका सम्म आउन आग्रह गर्नुभयो । उहाँले मेलम्चीबासी सबैलाई आफ्नो खुट्टामा उभिने वातावरण तयगर्ने दायित्व नगरपालिकाको रहेको भन्दै त्यसका लागि नागरिक स्तरबाट पनि सहयोग चाँहिने बताउनुभयो ।

प्रमुख अर्यालले नगरको सेवा सबैले लुनुपर्ने भन्दै आफ्नो अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । ब्यक्ति स्वयंम ,अभिभावक र स्थानिय सरकार मिलेर समस्याको समाधान गर्न नगरपालिका तयार रहेको अर्यालको भनाई छ ।

कार्यक्रममा उपप्रमुख भगवती नेपालले लेख्न बोल्न र सुन्न समेत नसक्ने समुदायका नागरिक सम्म पुग्न र उनिहरुमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले तत्कालका लागि साङ्केतिक भाषा सम्बन्धि तालिम आयोजना गरी सञ्चारको पहुँचसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई १२ थरी सामान सहितको डिकिनिट वितरण गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । सहभागिहरुले फेरी पनि यस्तै अन्र्तक्रिया कार्यक्रम आयोजना गर्न नगरपालिका सँग माग गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!