आईतबार, माघ ९, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोभिड-१९ को नयाँ भेरियन्ट फेला, नेपालमा पनि उच्च जोखिम

कोभिड-१९ को नयाँ भेरियन्ट फेला, नेपालमा पनि उच्च जोखिम


काठमाडौँ- दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट “ओमिक्रोन” फेला परेको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले थप त्रास सृजना गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको छ ।  नेपालसँगको खुल्ला सिमानाको कारण भारतमा देखिएको उक्त नयाँ भेरिएन्टबाट नेपाल पनि उच्च जोखिममा परेको छ ।

यो नयाँ भेरिएन्टको संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्नसक्ने बताइएको छ, तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

नयाँ भेरियन्ट फेला परेसँगै वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै यसबाट उत्पन्न हुन सक्ने जोखिम बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

नेपाल सरकारले ओमिक्रोन भेरियन्ट फैलिनबाट रोक्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टिन राख्ने निर्णय गरेको हो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!