शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षापाँचसय जनाकाे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

पाँचसय जनाकाे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिँदै


काठमाडौं- त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

अस्पतालको १६ औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्वेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतालले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो ।

अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।” नेपालमा आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।

आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!