शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षामार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा नि:शुल्क आँखा शिविर सम्पन्न

मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा नि:शुल्क आँखा शिविर सम्पन्न


तातोपानी । सिन्धुपाल्चोकको भोटेकोशी गाउंपालीकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ, जिल्ला सामुदायिक आँखा केन्द्र, सिन्धुपाल्चोक, बाह्रबिसे शहरी आँखा क्लिनिकसंगको सहकार्यमा मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा निशुल्क आँखा शिविर सञ्चालन सम्पन्न गरेको छ ।

भोटेकोशी गाउँपालिकाले समन्वय गरेको शिविर, गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्वास्थ्य संयोजक भुपेन्द्र लाल श्रेष्ठले जानकारि दिए ।

मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा भएको निशुल्क आँखा शिविरमा विशेषज्ञ चिकित्सक तथा आधुनीक प्रविधिबाट ९२ जनाको आंखा परिक्षण गरिएको थियो । परिक्षणका क्रममा १७ जनामा मोतीया बिन्दुको समस्या देखिएको छ ।

उनिहरुलाई आगामी मंसिर ८ र ९ गते सदरमुकाम चौतारामा शल्यक्रियाका लागि रिफर गरिएको अध्यक्ष पौडेलले जानकारि दिए । पौडेलका अनुसार, एक जना १० वर्षिय बच्चाको आर्थिक अवस्था कमजोर रहेकाले ति बच्चाको आंखाको उपचार तथा शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च भने भोटेकोशी गाउपालिकाले नै व्यहोर्ने छ ।

सडक पूर्वाधारको अभाव, आर्थिक विपन्नता तथा बुढ्यौलीपनका कारण आंखाको अवस्था परिक्षण गर्न अस्पतालसम्म पुग्न नसकेर घर मै बस्न बाध्य स्थानीयले शिविर सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!