शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोभिड भएकालाई खोपको ‘साइड इफेक्ट’ धेरै

कोभिड भएकालाई खोपको ‘साइड इफेक्ट’ धेरै


लन्डन- एजेन्सी । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्‍न खोप विकास भएका छन् । खोपले भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन । त्यस्तै अन्य विकसित देशका विज्ञहरूले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सर्न्दभ बेलायतमा खोपको असरबारे एउटा अध्ययन भएको छ ।

अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।

जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांगबारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!