शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाचीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द र स्कुल बन्द

चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द र स्कुल बन्द


एजेन्सी । चीनमा फेरि कोरोना भाइरसको प्रकोप फैलिएको छ । कोरोनाको नयां लहर फैलिएपछि सरकारले सयौँ उडान स्थगित गरेको छ । यसैगरी स्कुल बन्द गरिएका छन् ।

सरकारले सबै संक्रमण देखिएका प्रान्तमा व्यापक रूपमा परीक्षण सुरु गरेको छ । चीन सरकारले कोरोना महामारी फैलिनुमा विभिन्न मुलुकबाट हवाई मार्ग भएर आएका पर्यटकलाई जिम्मेवार ठानेको छ ।

लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेको ग्लोवल टाईम्सले लेखेको छ । समाचार अनुसार, उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ । राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेको छ ।

स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन् । केही क्षेत्रका घरमा स्थानीय अधिकारीहरुले पुनः कडा लकडाउन लगाइएको छ ।

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ। ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ । जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४९ लाख ४७ हजार भन्दा बढीको मृत्यु भएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!