शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षा२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


कार्तिक ५ । जन्मेको छ महिनादेखि ५९ महिना सम्म उमेर समुहका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाईने भएको छ ।

देशभरिका बालबालिकालाई दुई दिन भिटामिन ‘ए’ निःशुल्क खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हरेक बर्ष कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यो वर्ष दसैँ परेकाले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम केहि पछि धकेलीएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए ।

छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने कार्यक्रम छ ।

सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने मन्त्रालयले जनाएको छ । एक देखि दुई वर्षका बालबालिकालाई २०० मिलिग्राम र दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई ४०० मिलिग्राम अल्वेन्डाजोल (जुका) को औषधि खुुवाइने पोषण शाखा प्रमुख पराजुलीले बताए ।

उनका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ ।

मन्त्रालयले यो बर्ष जुकाको औषधि २४ लाख बालबालिकाले खाने अनुमान गरेको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस्तै जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!