शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाचीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप काठमाडौंमा

चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप काठमाडौंमा


असोज १ । सरकारले चीनसँग खरिद गरेर एकै दिन कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याएको छ ।

नेपाल वायु सेवा निगमको वाइड बडी विमान शुक्रबार दिउँसो खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य सेवा विभागले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको र त्यसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको जनाएको छ । अब खरिद गरिएको मध्ये चार लाख डोज मात्र ल्याउन बाँकी छ ।

विभागका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला गरी १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई यो खोप दिईने छ ।
यसैगरी, चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथि, ५५ जिल्लामा ५५ वर्षभन्दा माथि तथा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिको उमेर समूहलाई शुक्रबार आएको खोप वितरण गर्ने विभागको योजना छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!