शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचार१२ दिनका लागि भौतिक उपस्थितिमा विद्यालय खोल्न पाइने !

१२ दिनका लागि भौतिक उपस्थितिमा विद्यालय खोल्न पाइने !


चौतारा । कोभिड संक्रमणपछि थलिएको शैक्षिक क्षेत्र अझै उठ्न सकेको छैन । कोरोना संक्रमण फैलन त्रासका कारण विद्यालय खुल्न नपाएकै कारण शिक्षा क्षेत्रले फड्को मार्न नसकेको हो ।
सिन्धुपाल्चोकमा अब विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने भएको छ । आज (शुक्रबार) बसेको जिल्ला सुरक्षा समितिको वैठकले भदौ महिनाभरसम्मका लागि लागू हुने गरि यस्तो निर्णय गरेको हो । तर, जम्मा १२ दिनका लागि मात्रै ।
निमित्त प्रमुृख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा बसेको बैठकले भदौ ३१ गतेसम्मका लागि यो निर्णय गरेको छ ।
बैठकपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८–५–१९ देखि २०७८–५–३१ गते सम्म लागू हुनेगरि निर्णयहरु गरिएको छ ।’
विभिन्न पाँच बुँदामा निर्णय भएको बैठकको सो विज्ञप्तिको पहिलो बुँदामा असार १४ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार स्वास्थ्य कार्यालयको प्रमुख तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख समेतको समिति गठन गरिएकोमा उक्त समितिबाट प्राप्त प्रतिवेदनलाई आधार लिई शैक्षिब संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन पर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रहि स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्ने सक्ने उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!