शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारभान्छाघरमा जाँचिन्छ आँखा

भान्छाघरमा जाँचिन्छ आँखा


रामेछाप । यो रामेछाप जिल्लाको सामुदायिक केन्द्र हो । जिल्लाको एक मात्र आँखा जाँच्ने केन्द्रको भवन भदौ १३ गतेको पहिरोले क्षति पु¥याएपछि भान्सा घरबाट विरामीको आँखाको उपचार गर्न सुरु गरिएको छ ।
भवनको भित्तातर्फवाट आएको पहिरोले भवनमा क्षति पु¥याएपछि आँखा जाँचको सेवा बन्द गरिएको थियो । तत्कालका लागि भान्साका लागि बनाइएको प्रिफ्याव भवनबाट आँखा जाँच गर्न बाध्य बनेकोे तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।
स्व.जगदिशप्रसाद घिमिरेको पहलमा २०५७ सालमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंको सहयोगमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । तिलगंगा आँखा अस्पतालले केही वर्ष अघि मात्रै ५० लाखको लागतमा प्रिफ्याव भवन निमार्ण गरि त्यहीँ भवनवाट आफ्नो सेवा सुरु गरेको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!