शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजसुनकोशीका स्वास्थ्य केन्द्रमा राप्रपाको बेड सहयोग

सुनकोशीका स्वास्थ्य केन्द्रमा राप्रपाको बेड सहयोग


लामोसाँघु । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुमा विरामीका लागि बेड सहयोग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरामीलाई सहज हुने गरि बेड सहयोग गरेको हो ।
राप्रपा केन्द्रीय अध्यक्ष पशुपति शमसेर राणाको सहयोगमा सुनकोशीका केन्द्रहरुलाई सिंगो सेट बेड हस्तान्तरण गरिएको राप्रपा जिल्ला सदस्य राजेन्द्रविक्रम थापाले जानकारी दिए ।
कोठर्पा, पांग्रेटार, कालिकालगायतका स्वास्थ्य केन्द्रमा बेड प्रदान गरिएको हो । सुनकोशीसँग राप्रपाले जिल्लाका सबै स्थानीय तहमा सहयोग गरेको जनाएको छ । धेरै आवश्यक र बिरामीको चाप हुने ठाउँमा धेरै बेड हस्तान्तरण गरिएको हो ।


क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!