शुक्रबार, असोज १, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाबाढीपीडित ५० विद्यार्थीले निशुल्क अध्ययन गर्न पाउने

बाढीपीडित ५० विद्यार्थीले निशुल्क अध्ययन गर्न पाउने


चौतारा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोकका बाढी पीडित ५० जना एसइइ उत्तीर्ण विद्यार्थीले निःशुल्क प्लस टुसम्म पढ्ने अवसर पाएका छन् । पूर्व मन्त्री बस्नेतको पहलमा राजधानीको लोयला सेकेन्डरी विद्यालयमा पूर्ण छात्रवृत्तिको ब्यवस्था गरिएसँगै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने भएका हुन् ।
बाढीपहिरोका कारण घरबास गुमाएका परिवारका विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गर्ने ब्यवस्था भएपछि अभिभावक र विद्यार्थी खुसी भएका छन् । विद्यार्थीसहित अभिभावक उपस्थित कार्यक्रममा नेता बस्नेतले आफूले ३२ बर्षदेखि सिन्धुपाल्चोकवासीलाइ कोचिङ देखि निशुल्क अध्यनन गर्ने ब्यवस्था गर्दै आएको बताए ।

शिक्षा भन्दा ठुलो सम्पत्ति अरु नभएको भन्दै बस्नेतले बाढी पीडित बच्चाहरुको अध्ययन गर्ने वातावरण मिलाएको भन्दै केही परे आफूलाइ फोन गर्न सुझाव समेत दिए । आजको बालबच्चा भोलीको कर्णधार भएको भन्दै आफूले सकेको सहयोग गर्न सबैलाइ आग्रह गरे ।
बाढीपहिरो पीडित ५० जना विद्यार्थीलाई उनीहरुले रोजेको विषयमा प्लस टु सम्म निशुल्क आवासीय सुविधासहित अध्ययन गर्ने ब्यवस्था गरिएको लोयला सेकेन्डरी विद्यालयका प्रिन्सिपल रमेश पनेरुले बताए ।
बाढीले उठिवास लगाएपछि चिन्तित बनेका अभिभावकहरु छोराछोरीलाई छात्रबृत्ती उपलब्ध गराइने भएपछि उत्साही भएको स्थानीय सुनकोशी गाउँपालिका–६ का अध्यक्ष रामकुमार थापाले बताए । बाढी पहिरोले उठिवास भएर कहाँ बस्ने समेत अन्योल भएको बेला पाएको छात्रवृत्तिले विद्यार्थीहरु खुशी भएका छन ।

सिन्धुपाल्चोकमा पछिल्लो समय बाढी र पहिरोले दर्जनौ घर बगाएको छ भने सयौं परिवार घरवार विहिन भएका छन् । बाढीपहिरोबाट पीडित विद्यार्थीलाइ प्लस टु सम्मको छात्रवृत्तिमा अध्ययनको बातावरण बनेपछि अभिभावक पनि खुसी भएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!