बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाहेलिकोप्टरबाट गर्भवतीको उद्धार

हेलिकोप्टरबाट गर्भवतीको उद्धार


भोताङ ।

सिन्ध्ुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ३ भोताङकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएकी लक्ष्मी तामाङ सुत्केरी हुन नसकेपछि उद्धार गरिएको हो ।

पाठेघरको मुखपुरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको स्वास्थ्य चौकीले  जनाएको छ ।

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने कार्यक्रम अनुसार लक्ष्मी तामाङलाई उद्धार गरिएको नंबर ३का अध्यक्ष ङिमा छिरीङ तामाङले जानकारी दिए ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्याएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु ,पाँचपोखरी र जुगल गाँउपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!