बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाभोटेकोशीका नागरिकलाई काठमाण्डौंमै खोपको व्यवस्था

भोटेकोशीका नागरिकलाई काठमाण्डौंमै खोपको व्यवस्था


काठमाण्डौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नागरिकलाई राजधानीमै कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । बर्खामा सडकको अवस्थाले गाउँ जान नसकेकाहरुलाई काठमाण्डौंमै गाउँपालिकाले कोरोना विरुद्धको खोप लगाएको हो ।
कोभिडले जतासुकै असर गरेको र यसको असर न्यूनीकरणका लागि खोपको ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । चिनियाँ सहयोग बाट प्राप्त खोप भोटेकोशीका जनताहरुलाई ब्यवस्थित रुपमा लगाईएका गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । भोटेकोशी गाउँपालिकाको स्थायी बासिन्दा भएर पनि संघीय राजधानी बसोवास गर्नेहरुलाई काठमाडौं स्वयम्भू, बौद्द, जोरपाटी र सामाखुशीमा खोप लगाउने ब्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए ।
विभिन्न स्थानमा गरि आज (शुक्रबार) तीन सय जनाले खोप लगाएका छन । अपाङ्ग, असक्त, तथा बृद्द्बृद्दाहरुलाइ प्राथमिकतामा राखेर कोप उपलब्ध गराइएको हो । भोटेकोशी गाउँपालिकाका पाँचै वडाका काठमाडौंमा बिभिन्न कारणले बसिरहेकाहरुले खोप लगाएका हुन ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!