बुधबार, असोज ६, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाबाह्रविसेका कुमारको उपचारमा ५० लाख लाग्ने, सहयोगका लागि अपिल

बाह्रविसेका कुमारको उपचारमा ५० लाख लाग्ने, सहयोगका लागि अपिल


काठमाण्डौं ।
कलेजो बिग्रिएर मृगौलामासमेत खराबी व्यहोरेका बाह्रविसेका कुमार श्रेष्ठको उपचारका लागि ५० लाख रुपैयाँ भन्दा बढी लाग्ने भएको छ । कलेजो फेर्नुपर्ने समस्या झेलेर बीर अस्पतालमा उपचार गराइरहेका उनलाई भारत लैजान पर्ने भएपछि ५० लाख रुपैयाँ भन्दा बढी लाग्ने भएको हो ।
उनको उपचारका लागि यो साता सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको थियो । आज (बुधबार) सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ र ब्ल्याक हर्सका अध्यक्ष चीनबहादुर श्रेष्ठले अस्पताल पुगेर सहयोग गरे । बिरामी श्रेष्ठलाई चालीस हजार रुपैयाँ सहयोग गरिएको हो ।
राजधानीमा दुई ठाउँमा मात्रै कलेजो फेर्न मिल्छ । भक्तपुर र टिचिङ अस्पतालमा कलेजो फेर्न सकिन्छ । कुमारका लागि कलेजो दिन मान्छेसमेत भेटिएको छैन । ‘कलेजो दिने आफ्नै सन्तानको चाहिन्छ,’ अस्पतालका एक डाक्टर भन्छन्, ‘त्यो पनि आफ्नै परिवार भित्र हुनुपर्छ । नत्र कानुनी रुपमा समस्या पर्छ ।’ उनका बाबुआमा छैनन् । परिवारका एक्ला छोरा हुन् ।
नेपालमा सम्भव नहुने भएपछि भारत लैजानुपर्ने बाध्यता रहेको कुमारकि पत्नी सुष्माले बताइन् । ‘सहयोग गर्नेहरुप्रति आभारी छु,’ उनले भनिन्, ‘यस्ता सहयोगले मेरो श्रीमान ठिक हुनुहुनेछ भन्ने विश्वास छ ।’ उनले भारत लगेर खर्च गरि उपचार गर्न आफ्नो हैसियतले नसक्ने भएकाले सहयोगका लागि अपिल गरेकी छन् । सहयोग गर्न इच्छुकले सिन्धुपाल्चोकको बाह्रविसेमा रहेको एनसीसी बैकमा सुष्मा श्रेष्ठको नाममा रहेको खाता नं. ००४००००२१८३१० मा रकम संकलन गर्न सकिने जानकारी दिइन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!