बुधबार, असोज ६, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाभोटेकोशीका ५ हजारलाई कोरोना विरुद्धको खोप

भोटेकोशीका ५ हजारलाई कोरोना विरुद्धको खोप


तातोपानी । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ५ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । आगामी शुक्रबारसम्म गाउँपालिकाका ५ हजारलाई भेरोसिल खोप लगाइने छ ।
चीनले उपलब्ध गराएको भेरोसिल खोप सीमा जोडिएका ठाउँका १८ वर्ष पुगेका नागरिकलाई लगाउन दिने गरि उपलब्ध गराइएको थियो । सो अनुसार भोटेकोशीका ५ हजारले खोप लगाउनेछन् ।
हिजो (मंगलबार) पालिकाका एक हजार पाँच सयलाई खोप लगाइएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । आज (बुधबार) खोप लगाउने कार्यक्रम जारी छ । कोरोना महामारीमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई खोप लगाइ सकिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!