बुधबार, असोज ६, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमित : घट्दै, फेरि बढ्दै

सिन्धुपाल्चोकमा कोरोना संक्रमित : घट्दै, फेरि बढ्दै


चौतारा । सिन्धुपाल्चोकमा कोभिड १९ (कोरोना संक्रमितको दर दिनहुँ घट्ने, बढ्ने भइरहेको छ । जिल्लैभर कोरोना विरुद्धको खोप लगाउने क्रम बढ्सँगै संक्रमितको संख्या पनि अस्थिर बनेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अहिले सिन्धुपाल्चोकमा एक सय ७१ सक्रिय संक्रमित रहेका छन् । यो संख्या सोमबार एक सय ४७ थियो । मंगलबार बाह्रविसे र मेलम्ची नगरपालिकामा संक्रमितको संख्या बढेपछि जिल्लामा कुल एक सय ७१ संक्रिय संक्रमित भएका हुन् । मंगलबार मेलम्चीमा २३ र बाह्रविसेमा नौ संक्रमित थपिएका थिए ।
कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति खनालका अनुसार आइतबार सिन्धुपाल्चोकमा एक सय ३४ संक्रिय संक्रमित थिए । सोमबार बाह्रविसेमा ११ र चौतारामा १५ संक्रमित थपिएपछि संख्या फेरि बढेको हो । निको हुने क्रम पनि बढेको उनले जानकारी दिए ।
कोरोना भाइरसको नयाँ भेरियण्टमा मात्रै चार हजार दुई सय १६ जना संक्रमित बने । भने ३१ को मृत्यु भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!