बुधबार, असोज ६, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा अझै ३१४ कोरोना संक्रमित

सिन्धुपाल्चोकमा अझै ३१४ कोरोना संक्रमित


चौतारा । नयाँ भेरियण्ट आएसँगै भयानक रुपले फैलिएको कोरोना भाइरसबाट सिन्धुपाल्चोकमा अझै तीन सय १४ संक्रिय संक्रमित रहेका छन् । आज ४३ जना डिस्चार्ज र एक नयाँ संक्रमित थपिएपछि बाँकीको संख्या तीन सय १४ हुन आएको हो । आज संक्रमित भएका व्यक्ति भोटेकोशी गाउँपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै सुनकोशी गाउँपालिकामा छन् । तथ्यांक अनुसार सुनकोशीमा ६६, चौतारामा ६५र जुगलममाम ४२ छन् । त्रिपुरा, लिसंखु र इन्द्रावतीमा १, १ जना संक्रमित रहेको कार्यालयले जनाएको छ ।
दोस्रो लहरको कोरोना बढेसँगै सिन्धुपाल्चोकमा संक्रमणबाट ३० जनाले ज्यान गुमाउँदा तीन हजार नौ सय ५८ जनमा संक्रमण भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!