Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षानेविसंघ महामन्त्री तिमल्सिनाद्धारा धुस्कुनमा  अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री बितरण

नेविसंघ महामन्त्री तिमल्सिनाद्धारा धुस्कुनमा  अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री बितरण


 

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रवार महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिकाले वडान्मबर ३ धुस्कुनमा सञ्चालन गरेको पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सन्ट्रेटर नेपाल मेडिकल एसोसिएसनले सहयोग गरेको थियो ।

अक्सिजन कन्सन्ट्रेटर संगै अक्सिजन नजल ट्युब २० वटा, पीपीई सेट, सर्जिकल मास्क, एन नाइन्टिन फाइभ माक्स, फेस सिल्ड, स्यानिटाइजर, ग्लोभ्स लगाएत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादव लाई हस्तान्तरण गरिएको तिमल्सिनाले जानकारी दिए ।

नेपाली काँग्रेस उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी, नेताहरू माधब भण्डारी,राम कुमार तामाङ, इकाइ सभापति राम कुमार रिसाल सहित नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता हरुको उपस्तिथिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

महामन्त्री तिमल्सिनाले जिल्ला भर कोभिड महामारी संगै अहिलेको बिपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामिको उपचारमा सहज हुने बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!