Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षामेलम्ची बाढीमा २० जना वेपत्ता, एकको मृत्यु

मेलम्ची बाढीमा २० जना वेपत्ता, एकको मृत्यु


मेलम्ची । मेलम्ची खोलामा आएको बाढीम परेर २० जना वेपत्ता भएका छन् । बाढीमा परेर तीन भारतीय र तीन चिनियाँ नागरिकसहित २० जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रशासनले दिएको जानकारी अनुसार वेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टिकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपति, हेलम्बु ३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीय काली तामाङ छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका १ का १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षी सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल साकी, हेमराज घिमिरे पनि वेपत्ता रहेका छन् ।

यस्तै भारतीय नागरिक कमल लोचन महत्तो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी वेपत्ता छन् । यस्तै चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपता भएका छन् ।

बाढीमा फसेका ७४ जनाको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । हालसम्म एक जनाको शव भेटेको छ । उनको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!