सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षानेविसंघ महामन्त्री तिमल्सिनाकाे पहलमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण

नेविसंघ महामन्त्री तिमल्सिनाकाे पहलमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण


चाैतारा । नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिनाको पहलमा साथी फाउन्डेसनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै अक्सीजन रेगुलेटर, एन ९५ माक्स , सेनिटाइजर ,फेस सिल्ड ,ग्लब्स सहितको बिभिन्न अत्याबश्यक स्वास्थ सामग्री स्वास्थ्य कार्यलाय चाैतारा र जलबिरे स्वास्थ्य चौकीलाइ सहयोग गरेकाे हो ।

उक्त स्वास्थ्य सामग्री सोमबार संघका महामन्त्री तिमल्सिनाले स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईलाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै नेता तिमल्सिनाले गाँउका सम्पुर्ण स्वास्थ्य संस्थामा आधारभुत रुपमा उपचार हुने व्यवस्था बनाउने हो भने कोरोना नियन्त्रण जटिल नरहेको बताए ।

फाउन्डेशनले आगामी दिनमा पनि बिपतमा सबै निकायसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले कोरोनाको बिषम परिस्थितिमा फाउन्डेसनले गरेको कार्य निकै नै उल्लेखनीय रेहेको बताए।

स्वास्थ सामग्री हस्तान्तरणमा सिन्धुपाल्चोकका काँग्रेस पूर्व सभापति भुपेन्द्र थापा, महिला संघ अध्यक्ष गीता नेपाल,शिक्षक संघका जिल्ला अध्यक्ष तुलसी दंगाल र प्रेस युनियनकी सचिव कमला पाख्रिनकाे सहभागिता रहेको थियाे ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!