Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकांग्रेस वडा सभापति प्रेम तामाङको पहलमा तालामारङमा स्वास्थ्य सामग्री वितरण

कांग्रेस वडा सभापति प्रेम तामाङको पहलमा तालामारङमा स्वास्थ्य सामग्री वितरण


मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -६ तालामारङ स्वास्थ्यचौकी लाई नेपाली कांग्रेस तालामारङ ले स्वास्थ्यसामाग्री सहयोग गरेको छ।

मेलम्ची नगरपालिका-६ का कांग्रेसका वडा सभापति प्रेम तामाङको पहलमा अक्सिजन सिलिन्डर ५ थान फोल्डिङ प्यासेन्ट बेड ५ थान ,पिपिइसेट ५ थान सर्जिकल मास्क २०० पिस र सेनिटाइजर हिजो तालामारङ स्वास्थ्यचौकी को प्राङ्गणमा मा स्वास्थ्यचौकी का प्रमुख धनिकलाल राय लाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्यसामाग्री हस्तान्तरण कार्यक्रममा कांग्रेस का नगरसभापती मधुसुदन सिग्देल र वडाकार्यसमिति को उपस्थिति थियो।
वडासभापती तामाङ ले स्वास्थ्यचौकी मा स्वास्थ्यसामाग्री अभाव भएको देखेपछी त्यसको पुर्तिको लागि आफुले सक्दो सहयोग गरेको बताए।तामाङ स्थानीय निकाय को निर्वाचन मा कांग्रेस बाट यसै वडामा उम्मेदवार बनेका थिए।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!