Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाहिमालय सीमापारद्धारा स्वास्थ्य सामग्री वितरण

हिमालय सीमापारद्धारा स्वास्थ्य सामग्री वितरण


रसुवा । नेपाल हिमालय सीमापार बाणिज्य संघले रसुवाका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । आज (शुक्रबार) रसुवास्थित जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
संघले सर्जिकल मास्क ३० हजार, एन नाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरेको हो ।
संघका  सदस्य छिरिङ फिन्जो लोप्चनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरे ।
रसुवामा कोरोनाको नयाँ भेरियण्ट सुरु भएपछि संक्रमितको संख्या बढेको र थप नियन्त्तणका लागि सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!