Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकांग्रेस युवा नेता बिकास तामाङ को पहलमा नवलपुरमा स्वास्थ्य सामाग्री वितरण

कांग्रेस युवा नेता बिकास तामाङ को पहलमा नवलपुरमा स्वास्थ्य सामाग्री वितरण


नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका युवा नेता विकास तामाङले इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तर गरेका छन्। हामी नेपाल र ह्युमनिटी फाउन्डेसनको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री उनले बिहीवार अस्पतालको प्राङ्गणमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मिरा अधिकारी लामा र नवलपुर अस्पतालका डाक्टर धमेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन्।

अस्पताललाई पीपीइ २५ वटा, अक्सिजन कन्सेन्ट्रेटर २ वटा, सर्जिकल माक्स १० बक्स, गाउन, स्यानिटाइजर र अक्सिमिटरलगायतका सामाग्री प्राप्त भएको डाक्टर पाण्डेले जनाए। प्रदेश सभाका उम्मेद्वारसमेत रहेका तामाङको पहलमा प्राप्त सामग्री हस्तान्तर कार्यक्रममा संस्थाका प्रतिनिधि समाजसेवी जशु तामाङ, तरुण दल जिल्ला सचिव जितबहादुर तामाङ र कांग्रेस ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङलगायत उपस्थित थिए।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!