Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासमाजसेवी लामाले गरे कोरोना प्रतिरोधी सामग्री वितरण

समाजसेवी लामाले गरे कोरोना प्रतिरोधी सामग्री वितरण


चौतारा । नेपाली कांग्रेसका नेता एवं समाजसेवी सोनाम लामाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । नेपाली कांग्रेस सिधुपाल्चोक काठमाण्डौं सम्पर्क समितिका सभापति लामाले व्यक्तिगत खर्चमा लाखौं मूल्य बराबरका सामग्री वितरण गर्दै रोकोराना रोकथाममा जुटेका हुन् ।
लामाले कोरोना संक्रमणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई लक्षित गरि सामग्री हस्तान्तरण गरे । दोस्रो भेरियण्ट सहितको कोरोनाले सिन्धुपाल्चोक ग्रसित भएको अवस्थामा त्यसको रोकथामका लागि उनले सामग्री वितरण गरेका हुन् । कोरोना प्रतिरोधी सर्जिकल मास्क, सेनिटाइजरलगायत सामग्री दिइएको हो ।
लामाका अनुसार इलाका प्रहरी कार्यालय बाह्रविसे, जिल्ला टाफिक कार्यालय अँधरी, प्रहरी चौकी बलेफी, लामोसाँघु प्रहरी चौकी, सशस्त्र प्रहरी कार्यालय बनदेउलगायतका स्थानमा सामग्री वितरण गरिएको हो । त्यस्तै संक्रमण जोखिम भएका सिन्धुपाल्चोकका विभिन्न गाउँमा पुगेर समेत सामग्री प्रदान गरिएको छ ।
सस्थ्यकर्मी, सुरक्षाकर्मीसहित स्थानीयलाई पनि सामग्री वितरण गरिएको हो । संक्रमण जोखिम भएका बाह्रविसे नगरपालिका, बलेफी गाउँपालिकाका स्थानीयलाई पनि रोगबाट बचाउनका लागि सामग्री वितरण गरिएको नेपाली कांग्रेस केन्द्रीय यातायात तथा व्यवस्थ्था विभागका पूर्व केन्द्रीय सदस्यसमेत रहेका लामाले सिन्धु खबरलाई जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!