Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षालामाद्धारा करिब ६ लाखको स्वास्थ्य सामग्री सहयोग

लामाद्धारा करिब ६ लाखको स्वास्थ्य सामग्री सहयोग


भोटसिपा । आदिबासी जनजाति महासंघ केन्द्रिय सदस्य एबम युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य लायुर लामाले स्वास्थ्य इकाई कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले भोटसिपा स्वास्थ्य इकाई कार्यालयलाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
इन्द्रावती गाउपालिका ९ स्थित स्वास्थ्य इकाई कार्यालय इन्चार्ज र वडा अध्यक्ष बाबुराम लामालाई उनले सामग्री हस्तान्तरण गरे । अक्सिजन सिलिण्डर, अक्सिमिटर, इन्फारे थर्माेगन, फेस सिल्ड, मास्क पम्पलगायत सामग्री कार्यालयलाई प्रदान गरिएको हो ।
भयानक बन्दै आएको कोरोनाको दोस्रो लहरमा नागरिक जोगाउन सामग्री आवश्यक पर्ने भएकाले हस्तान्तरण गरिएको लायुर लामाले जानकारी दिए । अत्यावश्यक परेको अवस्थामा थप सामग्री उपलब्ध गराइने उनको भनाई छ ।
यसअघि लामाले इन्द्रावती ९ भोटसिपा घर भई हाल राजधानीमा बिभिन्न पेशा ब्यबसाय दैनिक ज्याला मजदुरी गर्दै आएकाहरुलाई डेरामा पुगेर खाद्यान्न बितरण गरेका थिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!