Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा आज थप १०७ मा संक्रमण पुष्टि, एकको मृत्यु

सिन्धुपाल्चोकमा आज थप १०७ मा संक्रमण पुष्टि, एकको मृत्यु


चौतारा । जिल्लामा आज थप १०७ जना संक्रमित पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीका ५७, जुगल गाउँपालिकाका ३७ र भोटेकोसी गाउँपालिकाका १३ गरी १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या ३२ सय ३६ पुगेको छ ।

यस्तै आज कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ इर्खुका ४७ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

उनी अक्सिजन लेभल एकदमै कम भएपछि आज चौतारा अस्पताल आइपुगेका थिए ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार चौतारामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएका उनको एम्बुलेन्समा राख्दाराख्दै निधन भएको हो ।

यो सँगै जिल्लामा संक्रमणबाट मर्नेको संख्या २७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २५ सय ८६ छ ।

अहिलेसम्म ६३२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!