Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षात्रिपुरासुन्दरीका स्वास्थ्य संस्थालाई नेविसंघ महामन्त्री तिमल्सिनाले गरे स्वास्थ्य सामग्री सहयोग

त्रिपुरासुन्दरीका स्वास्थ्य संस्थालाई नेविसंघ महामन्त्री तिमल्सिनाले गरे स्वास्थ्य सामग्री सहयोग


चौतारा । नेपाल विद्यार्थी संघका महामन्त्री बल्देव तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

कोभिड १९ विरुद्धको हाम्रो अभियान अन्तर्गत त्रिपुरासुन्दरीका ६ वटै वडामा रहेको स्वास्थ्य संस्थामा महामन्त्री तिमल्सिनाले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

तिमल्सिनाले सर्जिकल मास्क १० हजार पिस, एन नाइन्टिन फाइभ मास्क १ हजार पिस, एन्टिजेन किट ५० पिस, पीपीई सेट ११० पिस, अक्सिमिटर ७ पिस, स्यानिटाइजर ५०० एमएलको १० बोतल र १०० एमएलको १ सय बोतल, कपडाको माक्स ४ सय पिस, डिजिटल थर्मोमिटर ५ पिस, सिटामोल ५ बक्स, अत्यावश्यक औषधिहरु २ बाक्सा, खाद्यान्न सामग्री र भरिएको अक्सिजन सिलिण्डर ५० लिटरको १ थान सहयोग गरेका हुन् ।

यी सामग्री गाउँपालिकाका वडा नम्बर १ को घोर्थली स्वास्थ्य चौकी, २ को चोकटी स्वास्थ्य चौकी, ३ को धुस्कुन स्वास्थ्य चौकी र आइसोलेसन, ४ को पिस्कर स्वास्थ्य चौकी र आइसोलेसन, ५ को तौधली स्वास्थ्य चौकी र आइसोलेसन र ६ को टेकानपुर स्वास्थ्य चौकी र आइसोलेसनका लागि बिहीबार हस्तान्तरण गरिएको छ ।

पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, उपाध्यक्ष दुर्गा नेपाल, वडाध्यक्ष र स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरिएको हो ।

सामग्री बितरण अभियानमा नेबिसंघ महाराजगंज क्याम्पस इकाई सचिब सुमित बोहरा, संघका नेताहरु समीर लामा, सोनाम तामाङ, रामहरी नेपाल, तरुन दलका नेता जोगबिर भण्डारी, सहदेव भण्डारी लगायत अभियानमा सुरुवाती देखि नै सहभागी अभियन्ताहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!