शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षापूर्व मन्त्री बस्नेतले कोभिड संक्रमितकाे उपचारका लागि दिए थप २३ वटा बेड र अक्सिजन लिलिण्डर

पूर्व मन्त्री बस्नेतले कोभिड संक्रमितकाे उपचारका लागि दिए थप २३ वटा बेड र अक्सिजन लिलिण्डर


चौतारा । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतले जिल्लामा थप २३ बेड कोभिड उपचार केन्द्रका लागि बेड र अक्सिजनको व्यवस्था गरेका छन् ।

जिल्लाका १२ वटै स्थानीय तहमा कोभिड उपचार केन्द्र स्थापनाका लागि लागेका बस्नेतले आज लिसंखुपाखरमा ५ बेड अक्सिजन र ३ वटा अक्सिजन सिलिण्डर वितरण गरेका हुन्् ।

लिसंखुपाखर गाउँपालिका २ को घ्याङ डाडामा रहेको स्वास्थ्य चौकीमा पूर्वमन्त्री बस्नेतले अक्सिजन बेड सहित आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यसअघि गातीको मान्दामा ३ बेड र २ सिलिण्डर अक्सिजन, टेकानपुरमा ५ बेड र २ सिलिण्डर अक्सिजन, तिपेनीमा ५ बेड वटा र ५ वटा अक्सिजन, सिन्धुभ्यालीमा ५ वटा बेड र ५ वटा अक्सिजन सिलण्डिर हस्तान्तरण गरिसकेका छन् ।

यस्तै खाडिचौरको सिन्धु सदावहार, चौतारा अस्पताल, नवलपुर अस्पताल, हेलम्बु गाउापालिका, पाँचपोखरी गाउँपालिका, भोटेकोसी गाउँपालिकामा पनि कोभिड उपचार केन्द्रका लागि बेड र अक्सिजन दिइसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!