आईतबार, असोज ३१, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाचौतारा र इन्द्रावतीमा गरी आज थप दुई संक्रमितको मृत्यु

चौतारा र इन्द्रावतीमा गरी आज थप दुई संक्रमितको मृत्यु


चौतारा । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा आज दुई जनाको मृत्यु भएको छ ।

इन्द्रावती गाउँपालिकाका ८७ वर्षीया महिला र चौतारा साँगाचोकगढीका ८२ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

इन्द्रावतीकी महिलाको जेठ १० गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो । होम आइसोलसनमा बस्दै आएकी उनलाई जेठ १४ गते श्वासप्रश्वासमा समस्या भएपछि चौताराको आइसोलेसनमा ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान ८ः ५० मा मृत्यु भएको थियो ।

यस्तै, चौतारा साँगाचोकगढीका पुरुषमा जेठ १७ गते एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि चौताराको आइसोलेसनमा उपचारका लागि ल्याइएको थियो ।

उनलाई निको नहुने भएपछि आफन्तले बुधबार घर लगेका थिए । आज दिउँसो उनको मृतयु भएको बताइएको छ ।

उनको शवलाई आफन्तले नै अन्तिम संस्कार गर्ने बताइएको छ । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमणको दोस्रो लहरमा मर्नेको संख्या २६ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!