Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोरोना कहर : सिन्धुपाल्चोकमा आज ३ को मृत्यु, १६ संक्रमित, ९३ जना निको

कोरोना कहर : सिन्धुपाल्चोकमा आज ३ को मृत्यु, १६ संक्रमित, ९३ जना निको


चौतारा । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भयानक रुपले बढेको कोरोनाकै कारण आज सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ । यो सँगै दोस्रो लहरमा मृत्यु हुनेको संख्या २६ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सिन्धुपाल्चोकमा १६ जना संक्रमित थपिए । बलेफीमा १, बाह्रविसेमा ४, चौतारामा ४, हेलम्बुमा ५ र मेलम्चीमा २ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगैं कोरोनाको दोस्रो लहरमा कुल संक्रमितको संख्या तीन हजार ४० पुगेको छ ।
त्यस्तै कोरोनालाई जित्नेहरुमा आजको संख्या ९३ छ । कार्यालयका अनुसार बलेफीका १४, बाह्रविसेका ८, भोटेकोशीका ३, चौताराका ४०, इन्द्रावतीको १४, लिसंखुपाखरको ६, सुनकोशीका ५ र त्रिपुरासुन्दरीका ३ जनाले आजै कोरोना जितेका हुन् । यो संगै दोस्रो लहरमा कोरोना जित्नेको संख्या चार सय ६८ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!