Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकांग्रेस नेतृ भण्डारीले दिइन् कांग्रेस क्षेत्रीय समितिलाई स्वास्थ्य सामग्री

कांग्रेस नेतृ भण्डारीले दिइन् कांग्रेस क्षेत्रीय समितिलाई स्वास्थ्य सामग्री


बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोककी नेतृ तथा उद्योग विभाग केन्द्रीय सदस्य मसिना खड्का भण्डारीले कांग्रेस क्षेत्रीय समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् ।

बुधबार बाह्रबिसे पुगेर क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई भण्डारीले स्वास्थ्य सामग्री वितरण गरेकी हुन् ।

उनले सर्जिकल माक्स २० हजार पीस, स्यानिटाइजर १ सय लिटर, १ हजार पीस एप्रोन सहयोग गरेकी हुन् ।

कोरोना भाइरसको महामारीमा स्वास्थ्य सामग्री दिएको प्रति भण्डारीलाई धन्यवाद दिँदै बस्नेतले उक्त सामग्री आवश्यक अनुसार जिल्लामा वितरण गर्ने बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!