आईतबार, असोज ३१, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुमा आज १८० जनामा संक्रमण, २ को मृत्यु

सिन्धुमा आज १८० जनामा संक्रमण, २ को मृत्यु


चौतारा । सिन्धुपाल्चोकमा आज थप १८० जनामा संक्रमण पुष्टि भएको छ । आज ९१ महिला र ८९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार चौतारा साँगाचोकगढीम ६३, पाँचपोखरीमा ७, बलेफिमा १, बाह्रबिसेमा ६, भोटेकाशी २, मेलम्ची १, लिसंखुपाखर ८०, सुनकोसी १, हेलम्बु ३ र ठेगाना नखेलेका १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगैं जिल्लामा संक्रमितको संख्या २७ सय ४ पुगेको छ ।

यस्तै जिल्लामा आजमात्रै दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ । मेलम्ची नगरपालिका र चौतारासाँगाचोकगढीका दुई पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । यो सँगैं कोरोनाको दोस्रो लहरमा २२ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!