मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षालिसंखुपाखरका संक्रमितले पाए घरमै ‘आइसोलेशन किट’

लिसंखुपाखरका संक्रमितले पाए घरमै ‘आइसोलेशन किट’


अत्तरपुर । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा भएका कोरोना संक्रमितलाई घरमै पुगेर आइसोलेसन किट वितरण गरिएको छ । स्वास्थ्यकर्मीसहित गाउँपालिका अध्यक्ष कमल नेपाल संक्रमितको घरमै पुगेर किट वितरण गरेका हुन् ।
गाउँपालिकाका अधिकांश वडामा रहेका संक्रमितलाई वितरण गरिसकिएको छ । केही वडामा वितरण गरिदैं गरिएको अध्यक्ष कमल नेपालले जानकारी दिए ।
स्वास्थ्यकर्मीको सल्लाहअनुरुप होम आइसोलेशन किटमा भिटामिन सीजस्ता केही औषधीसहित सिटामोल, एन्टिबाइटिक, डिजिटल थर्मोमिटर, सेनिटाइजर, साबुन र १५ वटा सर्जिकल माक्स राखिएको उनले बताए ।
यो गाउँपालिकामा अहिले ७४ जना सक्रिय संक्रमित छन् । उनीहरु सुरक्षित तवरले होम आइसोलेसनमा बसिरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतकाअनुसार किट दिन बाँकी रहेकालाई पनि सम्पूर्णको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दिइने गरिएको छ । होम आइसोलेशनमा बसिरहेका संक्रमितबाट अन्यमा संक्रमण फैलिन नदिन कडाई र बिरामीलाई प्रोत्साहन गर्न परामर्श दिइएको उनले उल्लेख गरे । लिंसखुपाखर भरका ७ वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संक्रमितको घरमा स्वास्थ्य अवस्था बुझ्न नियमित रुपमा जाने गरेका छन्् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!