Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकांग्रेस जिल्ला सभापति लामाले गरे स्वास्थ्य सामाग्री सहयोग

कांग्रेस जिल्ला सभापति लामाले गरे स्वास्थ्य सामाग्री सहयोग


इन्द्रावती । नेपाली  कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा ले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरुमा पुग्ने गरि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

हिजो इन्द्रावती गाउँपालिकाका १२ वडाका कांग्रेसका सभापतीहरुलाई १००० थान मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन। आ-आफ्नो वडाका वडा बासीलाई सुरक्षित राख्नको लागी उक्त मास्क सहयोग गरिएको सभापती लामाले बताए ।
वडा बासिहरुलाई यसबाट थप केहि राहत पुग्ने उनको बिस्वास छ।
जनताको हर सुख दुखमा साथ दिन आफु तयार छु लामाले प्रतिवद्दता समेत गरे। “पहिलो चरणमा स्वास्थ्य सामाग्री सहयोग गरेको र आवस्यकता अनुसारको थप सहयोग गर्न पनि तयार रहेको उनको भनाइ छ।

यसअघी सभापति लामाले जिल्लाको साविक क्षेत्र ३ मा पर्ने मेलम्ची ,पाँचपोखरी र हेलम्बुका सबै वडाहरुमा वडासभापती मार्फत नै स्वास्थ्य सामाग्री वितरण गरेका थिए।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!