Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्धारा जिल्लाका ७ स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्धारा जिल्लाका ७ स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

बुधबार जिल्लाका ७ स्थानीय तह र बाह्रबिसे प्राथमिक स्वास्थय केन्द्रलाई संघले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

संघले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफि गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा आवश्य स्वास्थ्य सामग्री वितरण गरेको हो ।

ती स्थानीय तहलाई सर्जिकल माक्स ३० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स ५६५ पीस, स्यानिटाइजर १७० लिटर, स्यानिटाइजर १९२ पिस, थर्मोमिटर गन १६ वटा, अक्सिमिटर १६ मिटर, पीपीइ ४० वटा र ग्लोब्स १ कार्टुन वितरण गरिएको संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई ५० कार्टुन पानी, सिन्धु सदावहारलाई ५० कार्टुन पानी पनि संघले वितरण गरेको छ ।

संघले जिल्लाका अन्य स्थानीय तहमा पनि स्वास्थ्य सामग्री वितरण गर्ने बस्नेतले जानकारी दिए । साथै जिल्लाका सुरक्षा निकायमा पनि स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

स्वास्थ्य सामग्री वितरणमा संघका निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ र हिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष वच्चु पौडेल पनि सहभागी थिए ।

यस्तै संघले जिल्लामा हालसम्म ६१ वटा अक्सिजन सिलिण्डर भरेर स्वास्थ्य संस्थामा दिएको छ ।

संघका अध्यक्ष बस्नेतले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आवश्यकता ठाने अझै अन्य सिलिण्डर भरेर जिल्लाका स्वास्थ्य संस्थामा सहयोग गर्ने बताएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!