Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षामेलम्ची र पाँचपोखरीका दुई महिलाको कोरोनाबाट मृत्यु

मेलम्ची र पाँचपोखरीका दुई महिलाको कोरोनाबाट मृत्यु


चौतारा । मेलम्चीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मेलम्ची नगरपालिका १० की ६९ वर्षकी महिलाको आज बिहान मृत्यु भएको हो ।

उनमा जेठ ८ गते एन्टिजेन मार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी मेलम्ची नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा उपचाररत थिइन् । बुधबार बिहान ९. बजे उनको मृतयु भएको हो ।

यसैगरी हिजो नै पाँचपोखरी गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

वडा नम्बर ४ की ४० वर्षीय महिलाको मंगलबार काठमाडौंमा मृत्यु भएको हो ।

उपचार गर्न काठमाडौं लगिएकी उनको आइसीयुमा उपचार गर्न नपाएपछि मृत्यु भएको बताइएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी पाँचपोखरीको मानेखर्कमा रहेको आइसोलेसनमा बस्दै आएकी थिइन् ।

चिकित्सकले आइसीयु चाहिने भनेपछि उनलाई काठमाडौं लगिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!