Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षापूर्वमन्त्री बस्नेतले सञ्चालनमा ल्याए खाडिचौर र चाकुमा ३७ बेडको कोभिड उपचार केन्द्र

पूर्वमन्त्री बस्नेतले सञ्चालनमा ल्याए खाडिचौर र चाकुमा ३७ बेडको कोभिड उपचार केन्द्र


खाडिचौार । पूर्वमन्त्री मोहन बहादुर बस्नेतले खाडिचौरको सिन्धु सदावहार अस्पतालमा ५० बेडको अस्पतालको उद्घाटन गरेका छन् ।

बस्नेतले सुनकोसी गाउँपालिका र सिलंखु गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ बेडको कोभिड उपचार केन्द्र र आफैले सञ्चालनमा ल्याएको २५ बेडको गरी ५० बेडको कोभिड उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार बस्नेतले आज सिन्धु सदावहारमा २५ र चाकुमा १३ गरी ३७ बेडको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ ।

अहिले सिन्धु सदावहारका स्वास्थ्यकर्मीबाटै कोभिड उपचार केन्द्र सञ्चालन गर्ने बताएपनि आवश्यक अनुसार चिकित्सकसमेतको व्यवस्था गर्ने बस्नेतले बताए ।

यस्तै बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १० वटा बेड र १० वटा अक्सिजन दिने प्रतिवद्धता जनाएका छन् ।

आवश्यकता अनुसार अन्य ठाउँमा पनि बेडसहित कोभिड उपचार केन्द्र स्थापना गर्ने उनको लक्ष्य छ ।

विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थामा बस्नेतले यसअघि स्वास्थय सामग्री वितरण गरेका थिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!