Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचौतारा अस्पताललाई वान हर्टले दियो १० वटा अक्सिजन सिलिन्डर

चौतारा अस्पताललाई वान हर्टले दियो १० वटा अक्सिजन सिलिन्डर


चौतारा । स्वास्थ्य तर्फको क्षेत्रमा कार्यरत संस्था वान हर्टले सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौतारा अस्पताललाई १० वटा भरी सिलिन्डर हस्तान्तरण गरेको छ।

आज एक कार्यक्रमका बिच वनहर्टका सिन्धुपाल्चोक स्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई उक्त सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

वनहर्टले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका जिल्ला अस्पतालहरूलाई स्वास्थ्य सेवा विभागसंग समन्वय गरी अक्सिजन सिलिन्डरहरु हस्तान्तरण गरिरहेको कार्यक्रम अधिकृत नगेन्द्र शाहीले बताए।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!