Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षापूर्वमन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री वितरण

पूर्वमन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री वितरण


मेलम्ची । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व सुचना तथा सन्चार मन्त्री आदरणीय मोहन बहादुर बस्नेत जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थय सागम्री वितरण गरेका छन् ।

बस्नेतले साविकको क्षेत्र नं ३ भित्र पर्ने मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, ईन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउपालिका हरुका प्रत्येक वडाहरुलाई १ हजारका दरले मास्क वितरण गर्नुको साथै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लाई २५ सय मास्क ५ थान पिपिई सेट २ लिटर सेनिटाईजर हस्तान्तरण वितरण गरेका हुन् ।

साथै, पुर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान आईसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्ने घोषणा गरे।

पुर्वमन्त्री बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा आपतकालीन सेवा सन्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबिरे अस्पताल, नेपाल चिनको सिमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरु राखी सेवा संचालन गरिने बताए ।

अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्च स्तरको टेण्ट मै राखेर भए पनि उपचार गरिने उनले प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!