Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाठुलो सिरुवारीकी महिलाको मृत्यु, स्वाब लिएको तीन दिनसम्म रिपोर्ट आएन

ठुलो सिरुवारीकी महिलाको मृत्यु, स्वाब लिएको तीन दिनसम्म रिपोर्ट आएन


चौतारा । चौतारा साँगाचोकगढी १३ की एक महिलाको मृत्यु भएको छ । घरमै रहेकी ठूलो सिरुवारीकी ४२ वर्षकी महिलाको घरमै मृत्यु भएको हो ।

उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । उनको पीसीआर परीक्षण गर्नका लागि जेठ ७ गते स्वाब संकलन गरेर पठाइएको थियो । आज सम्म उनको रिपोर्ट आएको छैन् ।

रिपोर्ट आएपछि मात्रै उनको शवको व्यवस्थापन गरिने स्रोतले बताएको छ ।

यसैगरी हिजो एक कोरोना संक्रमित पुरुषको चौतारा अस्पतालमा मृत्यु भएको थियो । भोटेकासी २ का ७० वर्षका ती पुरुषको हिजो मृत्यु भएको थियो । उनको शव अझै चौतारा अस्पतालमै रहेको छ । आज चौतारामै शव व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!