Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचीन सरकारले दिएको स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो

चीन सरकारले दिएको स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो


तातोपानी । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ । सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको हो ।
ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको अक्सिजन भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।
लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।
लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाएको छ ।
लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए । उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो । अक्सिजन बोकेको साधनलाई हरेक जिल्लाका प्रहरीले आफ्नो सीमा क्षेत्र कटाउने छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!