शुक्रबार, असोज १, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाबलेफि ६ मा कांग्रेसका वडा सभापति थापाले पुर्‍याए घर घरमा माक्स

बलेफि ६ मा कांग्रेसका वडा सभापति थापाले पुर्‍याए घर घरमा माक्स


खाडिचौर । नेपाली कांग्रेस बलेफि गाउँपालिका वडा नम्बर ६ ले आफ्ना वडाका स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगैं वडामा संक्रमणदर तीव्र रुपमा बढेसँगैं कांग्रेसले स्वास्थ्य सामग्री वितरण गरेको कांग्रेस वडा सभापति रामचन्द्र थापाले जानकारी दिए ।

तत्काल वडामा संक्रमण भएर होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई माक्स, स्यानिटाइजर र औषधि वितरण गरेको हो भने पछि प्रत्येक घरमा माक्स पुर्याउने का भइरहेको छ ।

सभापति थापाका अनुसार वडा नम्बर ६ मा ६५० प्याकेट माक्स वितरण गरिएको छ ।

मांखा, बदर्पा, जोगिडाँडा, जालबारी, ब्वासे, अँधेरी र तल्लो जालवारी लगायत गाउँहरु वडा नम्बर ६ मा पर्दछन् । काठमाडौं बस्ने बाहेक गाउँमै बसेका प्रत्येकलाई माक्स घर घरमै पुर्याउने हाम्रो योजना छ त्यसमा धेरै ठाउँमा पुगिसकेको पनि छ, उनले भने ।

स्वास्थ्य सामग्री स्थानीय रुपमा भएका कांग्रेस प्रतिनिधिहरुलाई जिम्मा लगाइएको थापाले बताए । कोरोनामा भीडभाड हुने कुरालाई मध्यनजर गरी स्थानीय कांग्रेस प्रतिनिधिलाई माक्स वितरणको जिम्मा कांग्रेसले दिएको छ । कति ठाउँमा थापा आफै पुगेका पनि छन् ।

स्वास्थ्य सामग्री खरिदका लागि वडा नम्बर ६ का कुल प्रसाद आचार्य, अर्जुन सापकोटा, रामचन्द्र थापा, झनक प्रसाद तिमल्सिना, गोपाल चौलागाई , हुबिन्द्र चौलागाइ, मणिराम पराजुली र दुर्गा आचार्यले आर्थिक सहयोग गरेका थिए ।

केही माक्स नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतले सहयोग गरेका थिए । थापाले भने माक्स वितरण गर्नमा पूर्वमन्त्रीज्युले समेत सहयोग र निर्देशन दिनु भएको छ । त्यस्तै गाउँबाट बजार अँधेरी, खाडिचाैर झर्ने र बजारमा माक्स नलगाई हिड्नेलाई थापाले सम्झाइबुझाइ मात्रै  गर्दैनन् माक्स दिएर लगाउन समेत अनुरोध गर्ने गरेका छन् ।

पछिल्लो समय वडामा ३० बढी संक्रमित भएका छन् । काठमाडौं वा वडा बाहिरबाट आएका व्यक्तिहरुको लापरवाहीले संक्रमणको दर निकै नै बढेको छ ।

संक्रमितको उपचारका लागि बलेफि गाउँपालिकाले जुगल गाउँपालिकाको रत्न राज्य माविमा आइसोलेसन सञ्चालनमा ल्याएको छ । तर त्यो बलेफि गाउँपालिकाका लागि अपायक छ ।

सभापति थापाले उक्त क्षेत्रमा संक्रमितहरु उपचारका लागि छन् अपायक भएको भन्दै विरोध जनाएका छन् ।

बलेफिदेखि माथिको बाटो एकदमै बिग्रिएको हुँदा संक्रमितलाई सहज रुपमा उपचार गर्न त्यहाँ जान अपायक छ उनले भने, खाडिचौर अधेरी, मांखा, चिम्लिङको मानिसहरु कसरी त्यहाँ उपचारका लागि पुग्न सक्छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!