Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोभिड अस्पतालका लागि आवश्यक सामान लिएर बाह्रबिसे पुगे पूर्वमन्त्री बस्नेत

कोभिड अस्पतालका लागि आवश्यक सामान लिएर बाह्रबिसे पुगे पूर्वमन्त्री बस्नेत


बाह्रबिसे । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व सुचना तथा सन्चारमन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको अगुवाइमा सिन्धुपाल्चोक जिल्लामा निशुल्क कोभिड रोग उपचार केन्द्र स्थापनाको कार्य द्रुतगतिमा भईरहेको छ ।

जिल्लामा आईपर्ने हरेक समस्या समाधानमा सदैव अग्रपंक्तिमा रहने पुर्वमन्त्री बस्नेतले नेपालमा कोरोना महामारीको अवस्था जटिल बन्दै गर्दा केही दिन अगाडि १ महिना भित्र सिन्धुपाल्चोकमा कम्तिमा १०० बेडको अक्सिजन सहितको कोरोना रोग उपचार केन्द्र खोल्ने घोषणा गरेका थिए ।

सो अनुरुप विभिन्न तह र तप्काबाट सहयोग जुटाई शुक्रबार पुर्व मन्त्री बस्नेतले ४० लिटरको १०० थान अक्सिजन सहितको सिलिन्डर, १०० थान हस्पिटल बेड, २ लाख सर्जिकल मास्क लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याएका छन् ।

साथै, उक्त उपचार केन्द्रको लागी काठमाडौंमा रहेको हेम्स अस्पतालले प्राविधिक सहयोग गर्ने हेम्स अस्पतालका प्रमुख रामशरण भण्डारीले प्रतिबद्धता जाहेर गरेका छन् ।

पुर्वमन्त्री बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा आपतकालीन सेवा सन्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबिरे अस्पताल, नेपाल चिनको सिमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरु राखी सेवा संचालन गरिने छ भने अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्च स्तरको टेण्ट मै राखेर भए पनि उपचार गरिने बताए ।

दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोसी गाउँपालिका वडा नं ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिने भएको छ ।

त्यस्तै पुर्वमन्त्री बस्नेतले जिल्लामा अक्सिजन प्लान्ट सहितको दीर्घकालीन योजना अगाडी बढाएका छन् ।

अक्सिजन प्लान्ट निर्माणमा सुनकोसी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली काङ्ग्रेस तरुण विभाग केन्द्रिय सदस्य पासाङ नोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने छ ।

बजेट व्यवस्थापन भईसकेको र अक्सिजन प्लान्टका लागि अर्डर गरिएका आवश्यक सामान आईपुगेपछी उक्त प्लान्टबाट अक्सिजन उपलब्ध हुने कुरा बस्नेतले बताए ।

बस्नेतले अक्सिजनको अभावमा जिल्लाका कुनै पनि बिरामीले मृत्यु वरण गर्नु नपरोस् भन्दै २४ घण्टा एम्बुलेन्सको रुपमा प्रयोग गर्न ५ वटा गाडीहरु तयारी अवस्थामा राखेका छन् ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!