Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुञ्चोकमा स्वास्थ्य सामग्री वितरण

कुञ्चोकमा स्वास्थ्य सामग्री वितरण


कुञ्चोक । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेका बेला इन्द्रावती वडा नम्बर ३ कुञ्चोकमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

वडा नम्बर ३ का ६ सय ६० घरधुरीलाई वडाध्यक्ष देव प्रसाद बाँनिया, काँग्रेस वडा इकाई सभापति बिदुर बाँनिया र सिन्धु- काठमाडौं सम्पर्क समिति क्षेत्र नम्बर २ का सभापति तथा काँग्रेस जिल्ला सदस्य उद्धव बाँनिया, स्वास्थ्यकर्मी पितम तामाङ र विकास अधिकारीसहितको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

जिल्ला सदस्य बाँनियाको नेतृत्वमा वडामा स्थानीयका समस्या र स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

स्थानीयलाई माक्स, साबुन र बिरामी परेकालाई औषधि वितरण गरिएको छ । सदस्य बाँनियाले स्थानीयलाई आवश्यक परे खाद्यान्न सामग्री समेत सहयोग गर्न आफू तयार रहेको बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!