आईतबार, असोज ३१, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाकाेराेनाबाट ईन्द्रावतीमा एकैदिन दुई जनाकाे मृत्युु

काेराेनाबाट ईन्द्रावतीमा एकैदिन दुई जनाकाे मृत्युु


इन्द्रावती । ईन्द्रावतीमा काेराेना संक्रमणबाट थप दुईजनाको मृत्युु भएको छ ।  कोरोनाको कारण इन्द्रावती ९ की ९० बर्षीय महिला र वडा नम्बर ४ का  ६० वर्षीय पुरुषकाे मृत्यु भएको हाे ।

मरुवा निवासी ६० वर्षीय पुरुषको आज दिउँसो र ९० वर्षकी महिलाको बिहान मृत्युु भएको छ । पुरुष बिरामी भएर उपचारको लागि नबलपुर अस्पतालमा लगिएको थियाे । उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको हाे । मृत्यु पश्चात् एन्टिजेन मार्फत परिक्षण गर्दा उनमा काेराेना पाेजेटिभ देखिएकाे छ ।

त्यस्तै महिलाकाे हाेम आईसाेलेसनमा रहेको समयमै घरमै मृत्युु भएको हाे । महिलाको शवकाे अत्यष्टि नेपाली सेनाले गरेको छ ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!