सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाप्रहरीको सक्रियतामा सिन्धुपाल्चोकमा ३ सय अक्सिजन सिलिण्डर संकलन

प्रहरीको सक्रियतामा सिन्धुपाल्चोकमा ३ सय अक्सिजन सिलिण्डर संकलन


काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ३ सय थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु भएपछि जिल्लामा विभिन्न उद्योगहरुमा रहेका ग्याँस सिलिण्डर संकलन कार्य थालेको थियो । केन्द्रले उक्त कामको जिम्मा सेना र प्रहरीलई दिएको थियो ।

जिल्ला भित्र रहेका क्रसर उधोग, हाईड्रोपावर कम्पनी तथा कवाडी कारखाना लगायतका स्थानहरुबाट हाल सम्म ३०० थान सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाली सिलिण्डर भएमा प्रहरीले निम्न नम्बर ९८५१२८०३७४,९८५१२८४३२१ मा खबर गर्न समेत अनुरोध गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!