Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासञ्चारकर्मीलाई प्रेस युनियनले बाड्यो माक्स

सञ्चारकर्मीलाई प्रेस युनियनले बाड्यो माक्स


चौतारा । नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुलाई माक्स वितरण गरेको छ ।

युनियनले कोरोना भाइरसको दोस्रो लहरमा जोखिम मोलेर आफ्नो काममा निरन्तर लागेका पत्रकारहरुलाई माक्स वितरण गरेको युनियनकी अध्यक्ष दुर्गा आचार्यले जानकारी दिइन् ।

माक्स वितरण उपाध्यक्ष किशोर बुढाथोकी, सचिव कमला पाख्रिन र सदस्य विजय नेपालले गरेका थिए । उनीहरुले सञ्चारगृहमै पुगेर माक्स वितरण गरेका थिए ।

युनियनले जिल्लमा क्रियाशिल पत्रकारलाई ९ सय थान माक्स वितरण गरेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिए । जिल्लामा क्रियाशील मेलम्ची, बाह्रबिसे र काठमाडौंमा रहेका सिन्धुपाल्चोकका पत्रकारहरुलाई माक्स वितरण गर्नेछौं, उनले भने, `सञ्चारकर्मीसँग युनियन जस्तो परिस्थितिमा नि साथ नै रहनेछ ।`

यसअघि गत सालको कोरोनामा युनियनले आफ्ना शाखाका सम्पूर्ण सदस्यहरुको कोरोना विमा गरेको थियो । कोरोना संक्रमण भएका ३ जना सदस्यले १ लाख विमा वापतको रकम पाइसकेका छन् । यसअघि पनि जिल्लामा क्रियाशील पत्रकारलाई युनियनले स्वास्थ्य सामग्री वितरण गरेको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!